रियल जोडि रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठ अब भने फिल्ममा पनि सँगै रोमान्स गर्ने

अफस्क्रिन जोडीसमेत रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठले अब भने फिल्ममा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । ‘गाजलु’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी पूर्व मिस नेपाल सृष्टि सौगात अभिनीत ‘लालपुर्जा’ मा गेस्ट अपिअरेन्समा रहे पनि दुवैले स्क्रिन सेयर भने गरेका थिएनन् । यसपटक सञ्जीवकुमार न्यौपानेको निर्देशन रहने ‘मासुभात’ मा दुवै मुख्य भूमिकामा देखिन लागेका हुन् । प्रशान्त रसाइलीको पटकथा रहेको ‘मासुभात’ दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको, पछि बालिकाको अंग बेच्ने प्रयास र त्यसमा बालिकाले गर्ने संघर्ष, बेपत्ता बहिनीको खोजीमा रहेको दाइको भुक्तभोगाइको वरिपरि घुम्नेछ ।

लेफटिनेन्टको भूमिका निर्वाह गर्न लागेका सौगात बेचिएकी बालिकाको दाइको भूमिकामा हुनेछन् । सृष्टि भने प्रहरीको भूमिकामा देखिनेछिन् । यसै फिल्मबाट सौगात पनि पहिलो पटक निर्माताका रूपमा आउँदै छन् भने यसअघि ‘बिजुली मेसिन’ निर्माण गरिसकेका सञ्जीवको पनि यसमा लगानी रहनेछ । सञ्जीवकै कथामा प्रशान्तले लेखेको पटकथामा कुमार नगरकोटीसमेत सल्लाहकारका रूपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *