प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रम मोदीलाई लुम्बिनी भ्रमणको निम्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण लागि निमन्त्रणा गर्नुभएको छ । आज पशुपति धर्मशालाको उद्ध्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताउनुभएको हो । भारतीय राजदुतावासको सहयोगमा गौशालामा निर्माण भएको धर्मशालाको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्ध्घाटन गर्नुभएको हो । “तपाईंले लुम्बिनी भ्रमण गरेर बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धिजमको मुहानको रुपमा विश्वव्यापी रुपमा चिनाउन थप मद्धत मिल्नेछ” प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भन्नुभयो “ तपाईंको अघिल्लो पटकका जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान गरेको छ ।” प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भन्नुभयो “तपाईंलाई लुम्बिनी भ्रमणको निम्ता छ । यहाँको लुम्बिनी भ्रमण चाँडैहोस ।” दी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गर्नुभएको छ । “मोदीजीको लगातारको नेपालको भ्रमणको अर्थ हाम्रो आत्मीय सम्बन्ध अझ मजवुलद हुुदैं गएको रुपमा बुझ्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रधानमन्त्री भएपछि म पनि भारत भ्रमण गएं । यसले हाम्रो आपसी सम्बन्धलाई र दुई देशको मित्रता गाढा भएको रुपमा बुझ्नु पर्दछ । ” यस अघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्ध्भावका कुरा क्रमश व्यबहारमा देखिएकोमा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *