आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्द, तर किन ?

नेपाल चिकित्सक संघले आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्दगर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी संघले सो घोषणा गरेको हो । संघले सरकारले भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता)ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गरेको दाबी गर्दै आएको छ । विज्ञप्तिमा सरकारको यो रवैयाले बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएकोले संघको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *