जनताको अधिकार स्थापीत गर्नका लागी आफु लडिरहने नेकपाका अध्यक्ष दाहालको भनाई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले जनताको अधिकार स्थापीत गर्नका लागी आफु लडिरहने बताउनुभएको छ । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको भीमरथारोहणका अबसरमा शुक्रबार काठमाडौमा पद्मरत्न नागरिक अभिनन्दन मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा दाहालले अहिले पनि जनताले चाहेजस्तो अधिकारस्थापीत हुन नसकेको भन्दै यसका लागी आफु लडिरहने बताउनुभएको हो । उहाले बिभिन्न जातजाती , भाषा , संस्कृतिको आन्दोलनलाई आफुले निरन्तर अघि बढाउने बताउनुभयो । संबिधान निर्माण हुदा आफुले केहि बिषयमा सुझाव दिएको भन्दै उहाले अब ती सुझावलाई थप गर्ने बेला आएको जिकिर गर्नुभयो । उहाले अहिले पार्टी एकता गरेर स्थायी सरकार निर्माण गरेको भन्दै समृद्धिको बाटो हुदै समाजवादलाई स्थापीत गरिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *