नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल हुदैन : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल नहुने बताउनुभएको छ । आज पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्दै उहाले नेपाली र हरेक भारतीय एक अर्कासँग नमिल्दासम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाले दिल्ली र काठमाडौंको सरकार मिलेरमात्र दुई देशबीचको सम्बन्ध अगाडि नबढ्ने बताउनुभयो । उहाले पशुपतिनाथमा दर्शन गर्ने विश्वका हिन्दुहरुलाई सहयोग पुर्‍याउने गरी धर्म निर्माण गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । आध्यात्मिक दर्शनमा आस्था राख्नेलाई जीवनमा एक पटक पशुपतिनाथ दर्शन गर्ने अभिलासा राख्ने भन्दै उहाले पशुपतिनाथको महिमा व्याख्या गर्नुभयो । काठमाडौं हिन्दु र बौद्ध आस्थाको संगम भएको बताउँदै उहाले वाग्मतीको आस्था, अन्नपूर्ण, धौलागिरी र सगरमाथाको महिमा पनि बताउनुभयो । उहाले भारतमा ’सबका साथ सबका विकास’ भन्ने नाराले नेपालीलाई पनि समेट्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *