रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई पहिलो चरणमा ५ लाख नगद दिईने

एशियाडमा २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको छ । एशियाडमा पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनही ५–५ लाख दिने भएको हो । परिषदको नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने नियम रहेको छ । त्यहि नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको छ । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ । जसमा खेलाडीलाई ५ लाख सहित, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ एशियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा सरकारी लगानी शुन्य जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *