कालो सुनको नामले चिनिने अलैचीको मुल्यमा भारि गिरावट, किसान निराश

कालो सुनको नामले चिनिने अलैचीको मुल्यमा भारि गिरावट आएपछि किसान निराश बन्दै गएका छन । तर व्यापारीले भने हालको अलैचीको मूल्यले पनि किसानलाई घाटा नहुँने बताइरहेका छन् । अहिले पनि नेपाली अलैचीको अन्तराष्ट्रिय बजारमा राम्रो माग रहेकोले कच्चा अलैचीको मापदण्ड तयार गर्न आवश्यक रहेको व्यापारीहरुको भनाई रहको छ । अहिले पनि इलामका किसानले परम्पारगत भट्टीमानै अचैली सुकाउदै आएका छन । आधुनिक भट्टीमा किसानहरुको पहुच नपुग्दा अलैचीको गुणस्तरमा नै प्रश्न उठदै आइरहेको छ ।
विश्व बजारमा गुणस्तरीय अलैची उत्पादनका लागि ग्रेडिङ गर्ने आधुनिक भट्टी आइसकेको भएपनि इलामका किसानले भने परम्परागत भट्टीकै भर पर्नु परेको छ । जसका कारण किसानले अझै गुणस्तरीय अलैची उत्पादन गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *