धनकुटा नगरपालिकाद्धारा बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु

फोहोर ब्यबस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाइ बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेका छ । २०७६ साल भित्र धनकुटा नगरपालिका लाइ बाल मैत्री नगरपालिका घोसणा गर्ने गरि अभियान तिब्र पारेको हो । यस अन्तरगत सरोकारवाला संग छलफल, बिभिन्न सुचक निर्धारण वालबालिकाको अबस्थाको अनुगमन लगायतको कार्य सुरु गरेको छ । दश वडा रहेको नगरपालिकाले दुइ चरणमा घोसणा गर्ने तयारी गरेको छ । पहिलो चरणमा वडा नम्बर १,२,३,४ र ६ गरी पाँच वडा र बाकि लाइ दोस्रो चरणमा घोसणा गर्ने गरि कार्यक्रम अघि सारीएको नगरपालिकाका सामाजीक बिकास साखा प्रमुख नुषराज श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *