धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै, गाँजा खेती नियन्त्रणमा आउन सकेन

धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ । प्रहरी तथा स्थानीय प्रशासनले बर्से्नि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरेको छ । अवैध लागु औषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका– ४ र ७ मा लगाइएको गाँजा फडानी गरेको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ६ गुल्मबाट खटिएको प्रहरी टोलीले सहिदभूमिको साप्तिङटार र तित्रेमा करिब चार हजार बोट गाँजाको फडानी गरि नष्ट गरेको हो। धनकुटामा २०३६ सालबाटै सुरु भएको गाजा खेती हाल आएर व्यापक मात्रामा हुन थालेको पाइएको छ । गाउँमै पाँच हजार रुपैयाँ सम्म प्रतिकेजी बिक्री हुने गरेको खेती बढ्दै गएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *