रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको मृत्यु

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको मृत्यु भएको छ । वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४ छोरा र २ छोरीमध्ये साइँला छोरा थिए । उनको आज विहान १ बजे निधन भएको हो । उनको पहिलो बिहे गायिका किशोरीदेवीसँग र दोस्रो कल्याणी पौडेलसँग भएको थियो । रिमाल नेपालका पहिलो गायकका रुपमा परिचित छन् । वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् । रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शंकर लामिछानेको रचनामा संगीत र स्वर दिएका थिए । गीतको बोल थियो, ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ…’ । यही गीत गाएर उनी नेपालका प्रथम गायक बन्ने मौका पाएका थिए । यो गीत उनले ००७ साल चैत २० गते रेडियो प्रशारण भएको पहिलो दिन प्रत्यक्ष प्रशारणमा गाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *