आज सुनको मूल्य उकालो लाग्यो, ५७ हजार रुपैयाँमा कारोबार हुदै

आज सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बुधबार तोलाको ५६ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो । चाँदीको भाउ भने आज पनि तोलाको ७२५ रुपैयाँमै स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आज साँझसम्म सुन प्रतिऔंस १२ सय ९ डलर हाराहारीमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *