चरम मन्दीबाट गुज्रिरहेको भेनेजुएलाका लाखौँ जनताले देश छोडे

चरम मन्दीबाट गुज्रिरहेको भेनेजुएलाका लाखौँ जनता देश छोडेका छन् । महँगी हजारौँ गुणा बढेको छ भने अर्थव्यवस्था दिन प्रतिदिन धरापमा पर्दै गएको छ । साथै मानिसहरूले खानपिनका लागि निकै संर्घष गर्नुपरेको छ। तर, यस समस्याबाट छुटकारा दिलाउनका लागि भेनेजुएला राष्ट्रपति निकोलस मदुरोले केही कदम उठाएको भए पनि यसबाट कुनै किसिमको लाभ भने मिल्न सकेको छैन। चरम मन्दीबाट गुज्रिरहेको देशको अर्थव्यवस्था दिन प्रतिदिन धरापमा पर्दै छ। यो भयावह अवस्थाको जिम्मेवार प्रधानमन्त्री मदुरो र उनको सरकारलाई ठहर गरिँदै छ। विपक्षी पार्टीको नियन्त्रणमा रहेको राष्ट्रियसभाका अनुसार २६ दिनमा वस्तुको मूल्य दुई गुणा बढ्ने गरेको छ।