संखुवासभाका दश वटै स्थानीय तहको बजेट निकासामा रोक्का

खर्च विवरण बुझाउन अटेर गर्ने संखुवासभाका दश वटै स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय संखुवासभाले निकासामा रोक्का गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को बजेट, खर्च र कार्यक्रम विवरण पेश नगरेपछि बजेट निकासा रोक्का गरिएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष सकिएको १५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने भए पनि समय सिमाभित्र कुनै पनि स्थानीय तहले विवरण पेश नगरेको कोलेनिकाले जनाएको छ ।

खर्च विवरण पेश गर्न दश दिनको समय दिएर साउन ६ मा पत्राचार गरिए पनि अहिलेसम्म ६ स्थानीय तहले विवरण पेश नगरेको प्रमुख कोष नियन्त्रक भोजराज पौडेलले जानकारी दिनुभयो । कोलेनिकाका अनुसार खाँदबारी, धर्मदेवी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाले मात्र खर्च बिवरण बुझाएको छ । मादी नगरपालिका, चैनपुर नगरपालिका, भोटखोला, मकालु, चिचिला र सिलिचोङ गाउँपालिकाले खर्च विवरण बुझाएका छैनन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *