झापाको कचनकवलमा सर्पले डसेर एक बालिकाको मृत्यु

झापाको कचनकवलमा सर्पले डसेर एक बालिकाको हिजो मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका –२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेका उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको हो । पुजा स्थानीय पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *