कनकाई नगरपालिकाद्धारा १८ शीर्षकका सिफारिस दस्तुर शुल्क निःशुल्क

झापाको कनकाई नगरपालिकाले १८ शीर्षकका सिफारिस दस्तुर शुल्क निःशुल्क गरेको छ । ३५ दिनभित्र घटना दर्ता, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्गता भएको सिफारिस र विपन्नलाई उपचार सहयोगसम्बन्धी सिफारिस लगायत १८ वटा शीर्षकमा निःशुल्क गरेको कार्यालयले जनाएको छ । यसअघि नगरपालिकाले नागरिकताको अनुसूची फारमको १० रुपैयाँ शुल्क लिँदै आएकोमा पछिल्लो समय निःशुल्क बनाइएको छ । नगरपालिकाले पत्रकार सम्मलेन गर्दै नगरको आर्थिक ऐन तथा नियामावली सुधार गर्दै केही वस्तुमा लगाएको कर दररेटमा सुधार गरिएको नगरपालिका प्रवक्ता गोविन्द पौडेलले जानकारी दिनुभयो । भदौ ११ गते नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको कर दररेट परिमार्जन गर्दै गरिएको उहाँले बतायनुभयो ।

उहाँका अनुसार नगरिकता तथा प्रतिलिपिका लागि गरिने सिफारिस निवेदन दस्तुरमा निर्धारण गरिएको ३ सय ३० रुपैयाँलाई घटाएर २०० रुपैयाँ कायम गरिएको छ । बैंकिंक प्रयोजनका लागि आयस्रोत प्रमाणित दस्तुर प्रतिलाख २५ रुपैयाँमा निर्धारण गरिएको छ । नगरपालिकाले यसअघि कुनै पनि आयस्रोत प्रमाणित गर्दा दुई हजार रुपैयाँ लिँदै आएको प्रवक्ता पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *