सप्तरीमा सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा

सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ।भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो।बहाव परिवर्तनले ल्याउन सक्ने समस्याबारे यसअघि नै स्थानीय तह हुँदै केन्द्रमा समेत पत्राचार भयो । तर, भारतीय पक्षसँग समस्या समाधानको पहल हुन सकेन। पछिल्लो ७२ घण्टादेखि हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ नम्बर वडा तथा तिलाठी कोइलाडी गाउँपालिकाको ४ नम्बर वडाका गरी ५ सयभन्दा बढी घरबाट कोसी नदी बगिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *