च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक

युरोपियन फुटबल एसोसियसन (युईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ। बिहीबार राति फ्रान्सको मोनाकोमा सार्वजनिक ड्र अनुसार यूभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेस्टर यूनाइटेडविरुद्ध भिड्ने भएका छन्। समूह ‘एच’मा रहेको यूभेन्ट्सको पूर्व क्लब यूनाइटेडसँगै भ्यालेन्सिया, योङ ब्वाइजसँग प्रतिस्पर्धा हुने भएको छ। रोनाल्डोले यूनाइटेडमा २००३ देखि २००९ सम्म खेलेका थिए। रियलमा ९ वर्ष विताएर यसै सिजनमा रोनाल्डो यूभेन्ट्स पुगेका हुन्। साविकको विजेता समेत रहेको रियल मड्रिड समूह जी मा छ। यस समूहमा उसले इटालीको रोमा, रुसको सिएसकेए मस्को र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग खेल्नेछ। स्पेनिस बार्सिलोना भने समूह ’बी’ मा परेको छ। बार्सिलोनाले इङलिस क्लब टोटेनह्याम, नेदरल्याण्डको पिएसभी र इटालीको इन्टर मिलानसंग खेल्ने छ। समूह चरणको खेलहरु सेप्टेम्बर १८ देखि १२ डिसेम्बरसम्म हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *