अभिनेता कबिर खड्काले अब ‘तिमी र म’ नामक चलचित्रमा अभिनय गर्ने

अभिनेता कबिर खड्काले अब ‘तिमी र म’ नामक चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । २०१९ को जनवरीबाट छायांकन सुरु हुने यस चलचित्रमा कबिरको जोडी अभिनेत्री सूर्या थापासँग बाँधिएको छ । चलचित्रका लागि अझै एक नायक र एक नायिका छनौट हुन बाँकी रहेको बताइएको छ । अष्ट्रेलियामा खिचिने लभस्टोरी जनराको ‘तिमी र म’ लाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन् । सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा चलचित्रको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् । सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा चलचित्रले वाचन गर्ने निर्देशक पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *