नेपाल इँटा उद्योग महासंघको चौथो राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

नेपाल इँटा उद्योग महासंघको चौथो राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनमा देशभरका ३ सय ५० भन्दा बढी इँटा व्यवसायी प्रतिनिधिहरु सहभागी छन् । देशभरमा १ हजार देखि १२ सयसम्म इँटा उद्योग रहेको बताइएको छ । भोलिसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने आयोजकको भनाइ छ । विराटनगरस्थित होटल ह्यारिसनमा भएको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै इँटा व्यवसायी तथा उद्योगीहरुले दोहोरो कर निर्धारण र श्रमीकहरुको विषयमा सरकारले लागू गरेका पछिल्ला कानून तथा निर्णयको बारेमा तिब्र असन्तुष्टि व्यक्त गरेका छन् ।

इँटा उद्योग महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष विश्वराम काबाँले सरकारले नयाँ श्रम ऐन लगाएको र भारतीय श्रमीकलाई वार्षिक १५ हजार कर तिर्नुपर्ने प्रावधानको विरोध गर्नुभयो । उहाँले उक्त श्रम ऐन नेपाल भारत सन्धीसम्झौता विपरीत भएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले पछिल्लो पटक प्रधानमन्त्रीसँगको निरन्तर छलफलमा आफूहरु रहेको भन्दै उद्योगीको समस्या समाधान हुनेमा आशावादी रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *