सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा चेकजाँचलाई कडाइ गर्ने सुरक्षा निकायका पदाधिकारी बीच सहमति

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षा निकायका पदाधिकारी बीच सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा चेकजाँचलाई कडाइ गर्ने सहमति भएको छ । झापाको भद्रपुर सीमा क्षेत्रसँग जोडिएको भारतको बिहार राज्यको किशनगञ्ज जिल्लास्थित भातगाउँ ग्राम पञ्चायत (गलगलिया) मा रहेको सशस्त्र प्रहरी बल (एसएसबी) ४१ वटालियन क्याम्पले आयोजना गरेको दुवै देशका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको कार्यक्रममा सीमा सुरक्षामा कडाइ गर्ने सहमति भएको हो । भारतीय एसएबसीका एडिजी ज्योतिमर्य चक्रवती, आइजी श्री कुमार बंधोपाध्याय र नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुको उपस्थितिमा सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *