लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिए

लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै संलग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन्। झडपमा मृत्यु भएका लडाकू र घाइतेबारे स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ। गत सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ। दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *