निर्मला पन्त हत्या अनुसन्धान : नियन्त्रणमा लिइएका रोशनी र बबितालाई एक साताको म्याद थप

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कन्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । कन्चनपुर भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या निर्मलाकी स्कुले साथी हुन् । उनकै घरबाट फर्कनेक्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो । यसअघि, सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कन्चनपुरबाट म्याद थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *