मलेसियाको लामो बसाई पछि धेरै अनुभव बोकेर निर्देशक तथा मोडल शम्भु मोक्तान नेपालमा पाईला राख्दै

कलिउडहंगामा डटइन्फो :
म्युजिक भिडियो निर्देशक तथा मोडल शम्भु मोक्तान तामाङ अब नेपाल आउदैछन् | उनि लामो समय देखि मलेसियामा रहेका थिए | उनले मलेसियामा नै बसेर नै नेपाली कला क्षेत्रमा आफुलाई आबद्ध गराएका थिए | मलेसियामा उनको एक किसिमको छुट्टै पहिचान समेत बनिसकेको छ | हुन त उनि मलेसियामा कामकै हिसाबले ब्यस्त हुन्थे तर पनि हफ्तामा समय निकालेर उनि म्युजिक भिडियोको काम गर्दथे | यहि अनुरुप उनले धेरै म्युजिक भिडियो निर्देशन गर्नुको साथै अभिनय समेत गरे | त्यस मध्य धेरै भिडियोले राम्रो प्रतिक्रिया समेत प्राप्त गर्यो | उनले अब भने नेपालमा नै आएर केहि गर्ने सोच राखेका छन् |

पक्कै पनि उनले केहि योजना बनाएर नै नेपाल आउदैछन् तर अहिले नै आफ्नो योजनाको बारेमा कुनै खुलासा भने भईसकेको छैन | उनले आफु नेपाल आएर नै आफ्नो योजनाको बारेमा कुरा खोल्ने उनले बताए | उनि मलेसिया देखि फर्किदा गर्दा उनलाई त्यहाका शुभचिन्तकहरुले उनलाई भब्य तरिकाले बिदाई समेत गरे | उनलाई नेपाल फर्किने बेलामा नेपाल आदिवासी जनजाति महासंघ मलेशिया र नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेशिया निकै भब्य तरिकाले बिदाई समेत गरेको छ | उनले आफुलाई स-सम्मान बिदाई गरिदिनुभएकोमा नेपाल आदिवासी जनजाति महासंघ मलेशिया र नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेशिया लाई हृदय देखि नै धन्यवाद समेत दिएका छन् |

यस्तै उनले आफु जुनसुकै ठाउँमा रहे पनि सकेको सहयोग गर्नको लागि हरदम तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् | निकै धेरै प्रतिभा भएको व्यक्तिमा उनको नाम पनि पर्दछ | उनले तामाङ चलचित्रबाट अभिनय क्षेत्रमा डेब्यु गरेका थिए | उनको डेब्यु चलचित्र नै सफल रहयो | उनको अभिनय क्षेमताको सहि मुल्यांकन भयो तर उनि त्यहि समयमा विदेशीनु पर्ने अवस्था आयो | उनि मलेसिया गए तर आफु भित्रको प्रतिभालाई लुकाउन सकेनन | त्यसैले त उनि झनै प्रखर रुपले कला क्षेत्रमा नै अगाडी बढे | मलेसियामा उनले अरु नया प्रतिभालाई प्रेरणा दिने काम समेत गरे | कला क्षेत्रमा आउन चाहने धेरैलाई उनले सहयोग समेत गरे |


मलेसियामा उनको कला क्षेत्रमा यात्रा आफ्नै गतिमा चलिरहेको थियो तर नेपालमा स्थिति भने केहि फरक छ | तर उनको अनुभवले स्थितिलाई सजिलो समेत बनाईदिन सक्छ | अब नेपालमा उनको काम कसरी अगाडी बढ्ने छ र अरु भन्दा नया तरिकाले उनि कसरी दर्शक श्रोता माझ प्रस्तुत हुने हुन् त्यो हेर्न भने बाँकी नै छ | तर यत्तिका लामो समय मलेसियामा बसेर नेपाली कला र गीत संगीतलाई जगेर्ना गर्नु सामान्य होइन र साच्चै नै उनले गरेको काम उल्लेखनीय र तारिफयोग्य नै रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *