नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली टी–२० विश्वकपको उपक्षेत्रीय छनोट प्रतियोगिता खेल्न मलेसिया प्रस्थान

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बुधबारदेखि मलेसियामा सुरु हुने टी–२० विश्वकपको उपक्षेत्रीय छनोट प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोली सोमबार प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मलेसिया प्रस्थान गरेको हो । प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमार रहेका छन् । नेपालले आफ्नो पहिलो खेल अक्टोबर ३ मा म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, दोस्रो खेल मलेसियासँग अक्टोबर ६, तेस्रो खेल अक्टोबर ७ मा थाइल्यान्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग, पाँचौ खेल अक्टोबर १० चीनसँग र अन्तिम तथा छैटौं खेल अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ । यस उपक्षेत्रबाट शीर्ष ३ टोली एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३–३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यसअघि नै एसिया ‘ए’ उपक्षेत्रबाट (पश्चिमी) यूएई, कुबेत र कतार छनोट भइसकेका छन् । जसबाट उत्कृष्ट २ टिमले टी–२० विश्वकपको ग्लोबल छनोट खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *