खाेटाङमा हाडनाता करणीमा दोषी ठहर भएका १८ वर्षीय साङ्गे शेर्पा कारागार चलान

हाडनाता करणीमा दोषी ठहर भएका खाेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका छन् । हाडनाता करणीमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाबाट दोषी ठहर शेर्पा बिहीबार कारागार चलान भएका हुन् । उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल माघ २५ गते ५ वर्ष कैद सजाय सुनाएका शेर्पा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *