इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी

इन्डोनेसियाको सुलावेसी टापुमा गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ भूकम्पछि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझै बढ्ने जनाइएको छ । उद्धारकर्मीहरूले भूकम्पबाट भत्किएका घरहरूको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । यद्यपि सरकारी तथ्यांकअनुसार भने यो संख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जीवितै व्यक्ति उद्धारका लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको बढ्नसक्ने जनाइएको हो । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय बासिन्दा रहेका र सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ । सुलावेसीमा एक हजारभन्दा बढी व्यक्तिको अन्त्येष्टिका लागि सामूहिक चिहान खनिएको छ । पालुको पहाडी क्षेत्र पोबोयामा शव गाड्न १ सय मिटर लामो सामूहिक चिहान खनिएका छन् । घाइतेको उपचार गर्न औषधि अभाव भएको छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । लासका कारण रोग महामारी फैलन नदिने प्रयास भइरहेको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *