मधुमेय वा उच्च रक्तचापका बिरामीमा जलबिन्दुको जाखिम धेरै

जलबिन्दुले आँखामा समस्या पार्छ। विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा यस्तो समस्या देखिन सक्छ। समयमै उपचार नगराए दृष्टिविहिनसमेत हुन सक्छ। मधुमेय वा उच्च रक्तचापका बिरामीमा यसको जाखिम धेरै हुन्छ। कतिपयमा वंशानुगत कारणले पनि जलबिन्दुको समस्या देखिने खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ। कहिलेकाहीँ आँखामा भएको जलबिन्दुबारे जानकारी नै नहुन सक्छ। एक्कासी आँखा बन्द भएपछि मात्र समस्या थाहा हुनसक्छ।त्यसैले समय समयमा आँखाको परीक्षण गर्नुपर्छ। जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार वढ्दै जान्छ। र, आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ देखा पर्न सक्छ। जलबिन्दु भएको सुरुवाती समयमै यसको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालिन रुपमा नियन्त्रणमा राख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *