मलेसियामा नेपाली सांगीतिक क्षेत्रलाई बढावा दिदै गायक पल पाख्रिन

कलिउडहंगामा डटइन्फो :
मलेसिया र नेपालको निकै दरिलो सम्बन्ध छ किन भने अधिकांश नेपालीहरुको रोजगारको गन्तव्य नै यहि देश हो | अहिलेबाट होइन धेरै लामो समय देखि नै यो देशमा नेपालीहरु आकर्षित छन् | धेरै नेपालीहरुको बाँस छ यो देशमा | त्यहि भिडमा कतिपय नेपाली सांगीतिक क्षेत्रमा रुमलिएका कलाकारको पनि यहाँ बसोबास छ | पल पाख्रिन यो नाम पनि त्यहि मध्यको एक हो | लामो समय देखि कामकै शिलशिलामा मलेसिया बस्दै आएका उनले पछिल्लो समय आफ्नो प्रतिभा र क्षेमतालाई व्यवसायिक रुपमा अगाडी बढाउने प्रयास गरिरहेका छन् | गीत संगीतमा त उनको लगाव र निरन्तरता धेरै लामो समय देखि नै छ |

तर अब उनले मलेसियामा नै बसेका र लुकेका धेरै नया प्रतिभालाई बाहिर लिएर आउने कोशिश गरेका छन् | धेरै प्रतिभा त्यहाँ छ तर सहि मार्गदर्शन र वस्तु नभएर धेरै पछि परेको अनेकन रेकर्ड छ | पल पाख्रिनले अहिले मलेसियामा नै रेकर्डिङ स्टुडियो खोल्ने तयारी गरिरहेका छन् | उनको अनुसार यो काम करिब अन्त्य तर्फ आईसकेको छ | सम्भवत अबको केहि दिनमा नै उनले यसको सुरुवात पनि गर्नेछन् | उनको यो कोशिशले भने अब मलेसियामा नै रहेका धेरै कलाकारलाई अवसर मिल्ने भएको छ | परदेशमा यति ठुलो हिम्मत गर्न सक्नु सानो कुरा होइन यसकारण पनि पल पाख्रिन एक उदहारण साबित भएका छन् |

अब मलेसियामा नै गीत संगीतमा सपना सजाएका कलाकारहरुले गीत रेकर्डिङ गराएर बजारमा लिएर आउन सक्छन | म्युजिक भिडियो त मलेसियामा धेरै छायांकन भएको हामीले देखेको नै छौ तर गीत रेकर्डिङको लागि राम्रो स्टुडियोको भने त्यहाँ हाहाकार नै छ | अब सबैको लागि बाटो खुलेको छ | उनले सक्दो राम्रो समानहरु जडान गरेको र एकदम राम्रो सुविधा सबैलाई प्रदान हुने विश्वास ब्यक्त गरेका छन् | पल पाख्रिनको यो कामले नेपाली सांगीतिक क्षेत्रमा एक नया आयाम पनि थपेको छ | यो गर्व गर्न लायक कुरा नै हो यसमा कुनै शंका नै छैन | पल पाख्रिन आफु पनि गायक र संगीतकार हुन् |

उनि सांगीतिक यात्रा पनि चलिरहेको छ | निकै दमदार गीत बजारमा लिएर आईसकेका उनले पछिल्लो समय भने गीत रेकर्डिङ स्टुडियो निर्माणमा नै खर्चेको देखिएको छ | तर उनले अब छिट्टै नै आफ्नो नया गीत बाहिर आउने बताएका छन् | यस बिषयमा उनले आधिकारिक बिस्तृत जानकारी त दिएका छैनन् तर छिट्टै नै दर्शक श्रोतालाई जानकारी गराउने प्रतिबद्धता भने जाहेर गरेका छन् | विदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रको लागि उनले गरेको योगदानले नेपाली गीत संगीतको स्तर कति माथि पुर्याउने हो त्यो हेर्न भने बाँकी नै छ |

हेर्नुस उनको पछिल्लो गीतको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *