फुटबल स्टार रोनाल्डोले युवतीलाई अपार्टमेन्टमा जबर्जस्ती गरेको खुलासा

एजेन्सी। विश्वकै उत्कृष्ट फुटबलर क्रिष्टियानो रोनाल्डोले एक युवतीमाथि जबर्जस्ती गरेको खुलासा भएको छ। लास भेगस स्थित एउटा विद्यालयकी शिक्षिका समेत रहेकी उनीमाथि रोनाल्डोले सन् २००९ मा बलात्कार गरेको घटना सार्वजनिक भएको हो।तर, रोनाल्डोले बलात्कारको कुरा सार्वजनिक नगर्ने सर्तमा उनलाई पैसा खुवाए पछि तत्काल सार्वजनिक भएको थिएन। ९ वर्ष अगाडि भएको बलात्कारको घटना क्याथरिन मायोर्गाले जर्मन म्यागेजिन स्पाइगल मार्फत सार्वजनिक गरिदिएपछि अहिले विश्व तरङ्गित भएको छ।

३४ वर्षिया क्याथरिनले आफूमाथि भएको बलात्कारको घटना रोनाल्डोले पैसा दिएर साम्य बनाउन खोजेको समेत बताएकी छन्।रोनाल्डोले एक कार्यक्रमका बीच अपार्टमेन्टमा लगेर ती युवती माथि बलात्कार गरेको कुरा पछिल्लो समय सार्वजनिक भएको हो।रोनाल्डोले उनीमाथि कण्डमको प्रयोगबिनै जबर्जस्ती गरेको कुरा सार्वजनिक भएपछि हल्ली चल्ली मच्चिएको हो।कागजातसहित क्याथरिनले सार्वजनिक गरेको विवरणको रोनाल्डोले खण्डन गरेका छन्। इन्स्टाग्राम मार्फत रोनाल्डोले त्यो सरासर झुटो भएको बताएका छन्।डिसी नेपाल बाट साभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *