नागरिकलाई अप्ठ्यारो पार्ने कानुन संसोधन हुने प्रदेश १ का मुख्यमन्त्री राईको भनाई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहले लगाएको दोहोरो तेहोरो करको विषयमा संशोधन हुने बताउनु भएको छ । विराटनगरमा आज आयोजित इँटा व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । कार्यक्रममा करको विषयमा प्रष्ट पार्न उद्योगीहरुले माग गरेका थिए । जवाफमा मुख्यमन्त्री राईले उद्योगी, व्यवसायी तथा आम नागरिकलाई असजिलो हुने गरी लागू गरिएका कर तथा निर्माण गरिएका कानूनहरु संशोधन हुने बताउनु भएको हो । संघीयता लागू भएपनि कतिपय संरचनाहरु निर्माण हुन नसकेको भन्दै उहाँले अझै पनि देश संक्रमणकालमा रहेको बताउनु भयो । केन्द्र सरकारको काम केही ढिलाजस्तो देखिँदा निराशा छाएको बताउँदै मुख्यमन्त्री राईले आगामि दिनमा त्यसमा सुधार हुने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *