मुसु—मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम कस्लाई भने गायक नवीन पौडेलले (हेर्नुहोस् भिडियमा)

काठमाडौं — पाल्पा जिल्लाको सस्कृती र संस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनिन्छ ।
सोही भाकालाई आधार बनाएर चर्चित गायक नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन।मुसु—मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर गीतहरु हुन् । अहिले युट्युबमा निक्कै मन पराइएको उक्त गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको आवाज रहेको छ ।लय श्रीजना स्वयम् नबिनले गरेका हुन भने शब्द श्रीजना बाबुराम पन्थी र धर्मराज पोखरेल ले गरेका हुन । मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियोको निर्देशन कुमार केसिको रहेको छ ।गीतमा सुरेन्द्र र आरुसी मगरको अभिनय रहेको छ । यथार्थपरक समयसम्म गीत सिर्जना गर्नमा नवीन अब्बल छन् ।

उनका सिर्जनाहरु समाजमा चेतना जगाउने खालका हुन्छन् ।यस अघि फुलेको तोरिलाइ बैँस, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी लगायतका गीतहरु ल्याईसकेका छन् ।स्टेज प्रस्तुतिले निक्केको मन जितेका गायक नवीनका एक पछि अर्को गीतहरु आईरहेका छन् । भिडियो बनाइसकेर तयार भएको देउडा गीत केही समय पछि सार्बजनिक गर्ने नविन बताउँछन् । उनी भर्खरै युरोपको सांगीतिक टुर सकेर फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *