माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु

माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ । “गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,” स्थानीय एक अधिकारीले भने । स्थानीय सुरक्षा श्रोत र अर्का एक सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टी गरेको समाचारमा जनाइएको छ “आक्रमणकारीहरु मोटरसाईकलमा आएका थिए । मानिसहरु बसेका ठाउँमा जथाभावी गोली प्रहार गरे,” ती अधिकारीले बताए । गत सेप्टेम्बर २५ तारिखका दिन मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *