‘विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ’ :प्रधानमन्त्री ओली

प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्वोधनगर्दै आगन्तुक राष्ट्र प्रमूखतथा सरकार प्रमूखहरुलाई बुध्द र सगरमाथाको देशमा स्वागतगर्नु भएको छ । विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्वगर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामीयहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उहाँले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताउनुभयो ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजनाहुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गर्नुभयो । यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्तगर्नु पर्ने विचार राख्दै उहाँले भन्नु भयो, ‘‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ ।

सरकारले समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उहाँले हामीले सबैले समृध्द क्षेत्र, सुखीजनताको अपेक्षा गरेका छौं भन्नु भयो । कनेक्टिभिटीलाई मजवूत क्षेत्रीय सहयोगको कूँजी बताउँदै कनेक्टिभिटी नै आर्थिक एकिकरणको जगभएको धारणा व्यक्तगर्नु भयो ।प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धनगर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *