समाजसेवी गायक पूर्ण लिम्बुको नया गीतको भिडियो छायांकन सम्पन्न, दशैँमा रिलिजको तयारी

कलिउडहंगामा डटइन्फो :
नेपाली सांगीतिक क्षेत्रमा लागिपर्ने व्यक्तिहरु नेपालमा धेरै छन् तर केहि फरक ढंगले लाग्ने व्यक्ति भने कम मात्र छन् | यस्तै एक व्यक्ति हुन् पूर्ण लिम्बु | उनले गीत संगीतलाई समाजसेवाको हिसाबले पनि उपयोग गरिरहेका छन् | उनि बिगत लामो समय देखि समाजसेवामा अग्रसर भएर लागीरहेका छन् भने गीत संगीतमा पनि उत्तिकै सक्रिय हिसाबले आबद्ध भईरहेका छन् | तर उनको गीत अरु भन्दा केहि फरक रहन्छ | मनोरंजनको लागि मात्र होइन उनको गीतले केहि संदेश र प्रेरणा समेत प्रवाह गर्दछ | यस्ता धेरै गीत उनले बजारमा लिएर आईसकेका छन् |


केहि समय अगाडी मात्र उनले यस्तै कारुणिक “आमा” बोलको गीत सार्वजनिक गरेका थिए | तीजको दर खाने दिनमा वृद्धाश्रममा वृद्धाहरुलाई खान खुवाएर उनले आफ्नो गीत रिलिज गरेका थिए | निकै मार्मिक उक्त गीतले धेरै मन छुन सफल रहयो | यसपटक पनि दशैंमा उनले आफ्नो नया गीत रिलिज गर्ने सुरसारमा लागेका छन् | तर यसपटकको उनको गीत भने बिल्कुलै भिन्दै छ | हरेक पटक निकै मार्मिक र कारुणिक गीत निकाल्ने उनले यसपटक भने दर्शक श्रोताको लागि अलिकति मनोरन्जनात्मक रमाइलो खालको गीत बजारमा लिएर आउने जमर्को गरेका छन् |


उनको यसपटकको गीत पूर्वेली भाकामा संग सम्बन्धित रहेको छ | “कति राम्रो” बोलको उनको यसपटकको नया गीतमा प्रेम बजगाईंको शब्द, संगीत र शिला मोक्तानको अरेन्ज रहेको छ | यस्तै गीतमा पूर्ण लिम्बु र मेलिना राईको सुमधुर स्वर समावेश रहेको छ | गीतको भिडियो पनि निकै रंगिन बनेको छ | एक हिसाबले भनौ भने फिल्मी ढाँचामा यो गीतको भिडियो छायांकन गरिएको छ | सम्पूर्ण छायांकन काठमाडौँ भित्र नै गरिएको यस भिडियोमा चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् | यी २ कलाकारको जोडी अत्यन्तै सुन्दर देखिएको छ |


भिडियोमा कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजको रहेको छ | चलचित्र निर्माण र निर्देशनमा अहिलेको समयमा औधि नै ब्यस्त रहेका निर्देशक तथा निर्माता मिलन चाम्सले बेलाबखतमा भने मौका मिलाएर म्युजिक भिडियो पनि निर्देशन गर्दछन् | हुन त उनले धेरै म्युजिक भिडियो निर्देशन गरिसके तर पछिल्लो समय भने उनि बढी चलचित्रमा नै आबद्ध भएको हुँदा म्युजिक भिडियो निर्देशनमा केहि कम हिसाबले आबद्ध रहेका छन् | पछिल्लो दर्शकको मन छुने चलचित्र निर्माण र निर्देशन गरेका उनले आफुले केहि नया सोचमा नै यो म्युजिक भिडियो तयार गरेको बताएका छन् |

भिडियो छायांकनको केहि तस्बिरहरु पनि सार्वजनिक गरिएको छ | सार्वजनिक तस्बिरले नै भिडियो निकै सुन्दर बनेको सजिलै अनुमान लगाउन सकिन्छ | दर्शक श्रोताले अवश्य नै गीत र भिडियो दुबैलाई मनपराई धेरै नै माया गरिदिनुहुने विश्वास निर्देशक मिलन चाम्सले ब्यक्त गरेका छन् | यता गायक पूर्ण लिम्बु पनि यस कुरामा निकै आस्वस्थ रहेका छन् | यसपटक केहि फरक गर्ने कोशिश गरेको छु विश्वास छ दर्शक श्रोताले आफ्नो कामको मुल्यांकन अवश्य पनि गरिदिनुहुनेछ | देशको धेरै ठाउँमा समाजसेवामा उनले निकै टेवा पुर्याउदै आईरहेका छन् | उनको काम निकै नै प्रभावकारीको साथमा तारिफ योग्य पनि रहेको छ |

समाजसेवा संगै गीत संगीतमा पनि उत्तिकै सक्रिय हिसाबले समय दिनु भनेको सजिलो र सामान्य कुरा भने होइन | तर उनि गीत संगीतकै माध्यमबाट समाजमा राम्रो कुरा प्रवाह गर्ने प्रयास गरिरहेका छन् | गीत संगीतलाई केहि फरक ढंगले लिएर अगाडी बढ्नु भनेको सबैको हातको कुरा पनि होइन तर गायक पूर्ण लिम्बुले यो गरेर देखाएका छन् | उनले आफु सधैब गीत संगीतमा लागिपर्ने र दर्शक श्रोतालाई राम्रो प्रस्तुति पेश गरिरहने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *