नेपालले भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपालले भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।नेपाल रहेको समूह ‘बि’ मा आइतबार बंगलादेशले पाकिस्तानलाई फराकिलो अन्तरले हराएपछि नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७ – ० ले हराएको हो । बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । यसअघि नेपालले पाकिस्तानलाई १२ – ० ले हराएको थियो । दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।अब नेपालले सोमबार बंगलादेशसंग खेल्ने छ । उक्त खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ ।समूह ‘बि’ मा नेपाल र बंगलादेशको समान ३/३ अंक छ । गोल अन्तरमा बंगलादेश अघि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *