प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको छ । (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बिहीबार बिहान काठमाडौं आएकी हसिनासँग द्विपक्षीय हितमा छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास अभिवृद्धि भएको उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्रालयले नेपाल–बंगलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको जनाएको छ । भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *