डाइटिङ् गर्न चहानुहुन्छ? तालिका सहित हेर्नुहोस्

यदि तपाईंसँग सम्बन्धित सबै कुराहरु राम्रै छन् भने तपाईंको मोटोपना आलस्यता, गलत खानाको रोजाई र अव्यवस्थित दैनिकीको कारणले हुने गर्दछ । त्यसैले यदि तपाईं डाइटमा जान चाहनुहुन्छ भने जे सोच्नु भएको छ त्यसलाई कडाइका साथ पालना गर्ने सोचका साथ अघि बढ्नुपर्ने हुन्छ । तपाईं डाइटिङ्ग गर्दाको सबभन्दा महत्वपूर्ण पाटो भनेको तपाईंको उठ्ने समय हो । बिहानको ८ बजेभन्दा अगाडि नै तपाईं उठ्नुपर्ने हुन्छ, चाँडै उठ्ने बानीले तपाईंको दैनिकीलाई सहि दिशामा पु¥याउन मद्दत गर्दछ ।डाइटमा जानुपूर्व आफ्नो तौल नाप्नुहोस् र त्यसलाई कतै लेख्नुहोस् । यसो गर्नाले तपाईंले कहाँबाट सुरु गर्नुभएको थियो भन्ने थाहा हुन्छ र तपाईंलाई आफ्नो तौल घटिरहेको देख्दा खुसी लाग्दछ ।

डाइटको लागि याद राख्नुपर्ने कुराहरुः
७:३० पश्चात् नुनलाई बाईबाई भन्नुहोस्
ग्याँस भरिएको पेय पदार्थमा बन्देज
आँप र केरा खाँदै नखानुहोस्
अप्राकृतिक जुस नपिउनुहोस्
दैनिक रुपमा आधा घण्टाको एरोबिक व्यायाम अनिवार्य । जिममा जाने सोच्नुभएको छ भने धेरै राम्रो । तर, यदि कुनै कारणवश तपाईं जिममा जान सक्नु भएन भने, आफूलाई सजिलो लाग्ने जुत्ता लगाएर डोरीको सहायताले ५०० पटक उफ्रनुहोस् र दैनिक रुपमा गर्दै जाने क्रममा यसको संख्यामा वृद्धि गर्नुहोस् ।
श्वास प्रश्वाससम्बन्धी २० मिनेटको व्यायाम (यहाँ बाबा रामदेबको प्रणायामको कुरा गरिएको हो)

अब डाइटमा रहँदा खाना खाने तरिकाको कुरा गरौँ:

पहिलो हप्ता:

बिहानको ८:०० बजे (उठ्ने बित्तिकै)– दुई ग्लास मेथी भिजाएको पानी ( दुई ग्लास पानीमा एक चम्चा मेथी भिजाउनुहोस् । मेथीको गेडा निकाल्नुहोस् र त्यो पानी पिउनुहोस् र यसले पानी धारण गर्न र सुन्निएको बसाउन सहयोग गर्दछ ) । पाँचवटा भिजाएको बोक्रासहितको बदाम खानुहोस् । एउटा मरिच, जसलाई तपाईंले नचपाइकन सिधै निल्न सक्नुहुनेछ ।

बिहानको ९:०० बजे – एउटा टोस्ट (खैरो पाउरोटी), बटर, सलाद र अचार
बिहानको ११:३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल
१:३० बजे – खाना सुरु गर्नुभन्दा अगाडि सानो प्लेट एक प्लेट सलाद खानुहोस् । सलादमा भएको फाइबरले तपाईंको पेट भर्न मद्दत गर्दछ र तपाईंले थोरै पनि खानुहुनेछ । खानामा तपाईंले एउटा गहुँको रोटी र एक कचौरा दाल खानुपर्नेहुन्छ ।
५:०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।
बेलुकीको ७:३० बजे– खाना खानुपूर्व सानो प्लेट एक प्लेट सलाद खानुहास् । गहुँको एउटा रोटी र एक कचौरा तरकारी ।
बेलुकाको ८:३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल
जब यो हप्ता सकिन्छ तब आफ्नो तौल फेरी नाप्नुहोस्, तपाईंको पक्कै पनि केहि तौल घट्नेछ । तपाईंले पहिलो हप्तामा धेरै तौल घटाउनु हुनेछ किनभने तपाईंले आफ्नो पानीको तौल र सुन्निएको गुमाउनु हुनेछ । अरु हप्तामा पनि तपाईंले तौल त घटाउनुहुनेछ तर यति धेरै भने होइन ।

दोस्रो हप्ता:

बिहानको ८:०० बजे (उठ्ने बित्तिकै)– दुई ग्लास तुलसी पानी (पाँचवटा तुलसीको पातलाई दुई ग्लास पानीमा भिजाउनुहोस्, पात निकाल्नुहोस् र पिउनुहोस् । पाँचवटा बोक्रा सहितको भिजाएको बदाम र एउटा मरिच ।
बिहानको ९:०० बजे – एउटा टोस्ट (खैरो पाउरोटी), बटर, सलाद र अचार:
बिहानको ११:३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल
१:३० बजे – खाना सुरु गर्नुभन्दा अगाडि सानो प्लेट एक प्लेट सलाद खानुहोस् । एउटा स्यान्डविच (दुइवटा खैरो पाउरोटी त्यसमा पनिर राखेको, यदि तपाईं शाकाहारी हुनुहुन्छ भने र यदि शाकाहारी हुनुहुन्न भने अण्डाको सेतो भाग मिसाएर खान सक्नुहुनेछ ।

५:०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।
बेलुकीको ७:३० बजे– खाना खानुपूर्व सानो प्लेट एक प्लेट सलाद खानुहास् । गहुँको एउटा रोटी र एक कचौरा तरकारी ।
बेलुकाको ८:३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

तेस्रो हप्ता:

बिहानको ८:०० बजे (उठ्ने बित्तिकै)– दुई ग्लास मेथी भिजाएको पानी । पाँचवटा बोक्रा सहित भिजाएको बदाम र एउटा मरिच ।

बिहानको ९:०० बजे – एक ग्लास दुध र एउटा फलफूल
बिहानको ११:३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल
१:३० बजे –एउटा गहुँको रोटी र आफूलाई मनपर्ने कुनै पनि तरकारी ।

५:०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।
बेलुकीको ७:३० बजे– तीन पिस उसीनेको र रोष्ट चिकेन वा माछा र सलाद (मांसाहारीका लागि)

शाकाहारीका लागि यी मध्ये जुनसुकै खान सक्नुहुनेछः
१. एक कचौरा दाल, एक कचौरा दही र सलाद
२. एक कचौरा तरकारी, एक कचौरा दही र सलाद
बेलुकाको ८:३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

चौथो हप्ताः

बिहानको ८:०० बजे (उठ्ने बित्तिकै)– दुई ग्लास मेथी भिजाएको पानी । पाँचवटा बोक्रा सहित भिजाएको बदाम र एउटा मरिच ।

बिहानको ९:०० बजे – एक ग्लास कोल्ड कफी बी.बी टोस्ट
बिहानको ११:३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल
१:३० बजे –यो हप्ता तपाईंको लागि धेरै बिकल्पहरु रहेका छन् जसलाई तपाईंले वैकल्पिक रुपमा खान सक्नुहुनेछ ।
१. एक कचौरा टुसा उम्रेका गेडागुडीको रस, फलफूल
२. दुई कचौरा तरकारीर र सलाद
३. एक कचौरा तरकारी र बीबी टोस्ट
४. एक कचौरा तरकारीसँग एक चौथाइ भात
५:०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।

बेलुकीको ७:३० बजे– एउटा गहुँको रोटी र तरकारी
बेलुकाको ८:३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *