पन्चेबाजाको तालमा संगीतमय रोपाइँ गर्दै इलाममा रोपाइँजात्रा गरियो

अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा बिहिबार मनाइएको छ । पञ्चे वाजाको तालमा रोपाहार र बाहुसेले वजार परिक्रमा गर्दै रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा अहिले नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ ।

यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । इलाम कलासंस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइजात्रा संचालन भइरहेको छ । जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदा समेत दिइयो ।

रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाईदै छ । यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइन्छ । रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँचथर, झापा,ताप्लेजुङका आन्तरिक र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकका बाह्य पर्यटकहरु आएका छन् । नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *