डम्बर खापुङ र तारा लिम्बुको स्वरमा सजिएको “दार्जेलीङ ज्यानको” म्युजिक भिडियो रिलिज

कलिउडहंगामा डटइन्फो :
अमेरिकामा बसेर नेपाली गीत संगीतलाई निकै नजिकबाट नियाल्दै अगाडी बढिरहेका गायक डम्बर खापुङको नया गीतको म्युजिक भिडियो रिलिज भएको छ | गीतमा उनको र तारा लिम्बुको स्वर समावेश रहेको छ | पूर्वेली लोक भाकामा रहेको “दार्जेलीङ ज्यानको” बोलको गीतमा यस गीतमा तुम्बेहाङ लिम्बुको शब्द र उत्तम जंग लिम्बुको कम्पोजिसन रहेको छ भने टेकेन्द्र याक्शोको अरेन्ज रहेको छ | गीत निकै सुन्दर रहेको छ | पूर्वको सुमधुर भाकाले अवश्य पनि धेरैको मन छुने छ | त्यसमाथि निर्माण पक्षले पनि निकै सुहाउँदो कन्सेप्टमा भिडियो निर्माण गरेको छ |

यस म्युजिक भिडियोका निर्देशक कृष्ण राई हुन् | उनि पनि बिगत लामो समय देखि म्युजिक भिडियो निर्देशन क्षेत्रमा अग्रसर भएर लागिपरेका छन् | धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनको यो भने नया भिडियो हो | यस भिडियोमा उनको निर्देशन र सम्पादन समेत रहेको छ | उनको निर्देशनमा आसिस गुरुङ र सर्मिला राईले भिडियोमा अभिनय गरेका छन् | २ मोडलको केमिस्ट्री पनि निकै राम्रो सुहाएको छ | प्रविन गुरुङको छायांकन र भक्त मगरको सह-छायांकन यस भिडियोमा रहेको छ | द आर.जी.टी फिल्म्सको प्रस्तुतिमा यो भिडियो बजारमा सार्वजनिक भएको हो | द आर.जी.टी फिल्म्सकै युटुब च्यानलबाट यो भिडियो रिलिज गरिएको छ |

भिडियोमा पूर्वेली संस्कृतिको झलक पनि देख्न पाईन्छ | नेपाली कला संस्कृतिलाई निकै सुन्दर तरिकाले भिडियोमा कृष्ण राईले उतारेका छन् | भिडियोमा कलाकारको अभिनय पनि सुन्दर छ | भिडियो अहिले युटुबमा राम्रो हिसाबले गईरहेको छ | दर्शकहरुको प्रतिक्रिया पनि सकारात्मक नै रहेको छ | आगामी दिन अझै राम्रो भिडियोहरु बजारमा लिएर आउने प्रतिबद्धता कृष्ण राईले जाहेर गरेका छन् | उनको अहिले धेरै काम भई पनि रहेको छ | अमेरिकामा बसेर उनले निकै राम्रो हिसाबले नेपाली कलाको जगेर्ना गर्दै यसलाई बढावा दिने काम गरिरहेका छन् जुन कि साच्चै नै तारिफ योग्य नै रहेको छ |

हेर्नुस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *