शहीद स्मारक ए डिभिजन लिग फुटबल : सङ्कटा क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी

सीएमजी क्लब संकटाले आइतबार सरस्वती युथ क्लबलाई १—० ले हराउँदै सहिद स्मारक ए डिभिजन लिगमा विजयी शुरुआत गरेको छ । दुई विदेशी खेलाडी मैदान उतारेको संकटाका लागि लक्ष्मण रुचालले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । सुरुवातदेखि नै दुवै टोलीले गोलका थुप्रै प्रयास गरेपनि सफल भएनन् । संकटामा विदेशी र स्थानीय खेलाडीबीच तालमेल नहुँदा अधिकांस समय खेल नियन्त्रणमा राखेर गोल गर्न असफल भयो । इन्जुरी समयमा लक्ष्मणले एलोन म्याक्सवेलको पासलाई गोलमा परिणत गरेका थिए । तसँगै संकटाले तीन अंक जोडेको छ । शनिबार २–२ को बराबरी खलेको आर्मी र न्युरोड टिम एनआरटीले १–१ अंक बाडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *