१ नं प्रदेश प्रमुख प्रा.डा. तुम्वाहाङद्वारा आज दुई विधेयक प्रमाणीकरण

१ नं प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले बिहीवार दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् । प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईंले बताए । हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *