महिलाहरुका लागि दुनियाको सबैभन्दा ‘खतरनाक देश’ मध्ये एक पपुवा न्यू गिनी

अस्ट्रेलियाका उत्तरमा रहेको ‘पपुआ न्यू गिनी’लाई महिलाहरुका लागि दुनियाको सबैभन्दा ‘खतरनाक देश’ मध्ये एक भएको बताइने गरिएको छ । केही अनुमानहरुका अनुसार यहाँका करिब ७० प्रतिशत महिला आफ्नो जीवनकालमा बलात्कृत अथवा कुनै न कुनै प्रकारको यौन हिंसाको शिकार हुने गरेका छन् ।बीबीसीले पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीको भ्रमण गरेर केही यस्ता महिलाहरुसँग भेट गरेको छ जहाँ उनीहरु महिला हिंसालाई ठिक मान्ने गर्छन् । यो यात्रामा बीबीसीेले केही यस्ता महिलाहरुलाई पनि भेटेको छ, उनीहरु भन्छन्, ‘अब त धेरै भयो ।’ पपुआ न्यू गिनी दुनियाँमा सबैभन्दा नराम्रो मुलुकको सूचीमा छ जहाँ घरेलु हिंसा र बलात्कारको दर सबैभन्दा धेरै छ । यो देशमा बलात्कारका घटनामा केही मानिसलाई मात्र सजाय हुन्छ । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो देशमा सन् २०१८ को जनवरीदेखि मेसम्म ६००० घरेलु हिंसा र बलात्कारका घटना दर्ता भएका छन् । उनले भने ‘तर पनि यी सबै घटना होइनन् । यस्ता सबै घटना दर्ता हुँदैनन् । पपुआ न्यू गिनीमा घरेलु हिंसा र बलात्कारलाई आम कुरा मान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *