अफ्रिकी मुलुक नाइजेरियाको हालत पछिल्ला दिनहरुमा खराब!हृदयविदारक कथा (भिडियो सहित)

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको हालत पछिल्ला दिनहरुमा खराब बनेको छ । कुनै बेला अफ्रिाकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अहिले गृहयुद्धको चंगुलमा फस्दा त्यहाँका जनताले सास्तीमात्र पाएका छैनन्, बाँच्न पनि गाह्रो भएको छ । भोकमरी उनीहरुको दैनिकी बनेको छ । भोक र अशान्तिका कारण दैनिक हजारौं नाइजेरियाका बासिन्दा सुख र शान्तिका लागि युरोपतर्फ लाग्छन् । त्यो पनि ज्यान हत्केलामा राखेर । अफ्रिकी शरणार्थीहरु युरोप पुग्न समुन्द्रको जोखिम यात्रा बोटबाट गर्छन् । महिला, बालबालिकाले भरिएका बोट समुन्द्रमा डुबेका कयौं समाचारहरु आइरहन्छन् । उनीहरु ज्यान हत्केलामा राखेर नाइजेरियाबाट बाहिर निस्के पनि दुःखले भने उनीहरुको साथ छोडेको छैन ।

समुन्द्रमा सार्कको भोजन बनिरहेका छन्, सयौं अफ्रिकी शरणार्थी । युरोपमा बढ्दो शरणार्थी समस्याका कारण युरोपली मुलुकले शरणार्थीमाथि कडाई गरेका छन् । शरणार्थीका दुर्घटनाग्रस्त बोटको उद्धारका लागि पहिला बाक्लै रुपमा गरिने समुन्द्री गस्ती युरोपेली मुलुकले घटाएका छन् । यस्तो गस्ती घट्दा बोट पल्टिँदा मृत्यु हुने शरणार्थीको संख्या भने बढेको छ । नाइजेरियाबाट शरणार्थीहरु युरोपको ग्रीष र इटालि पुग्न सबैभन्दा सहज हुन्छ । यो सहजमा पनि समुन्द्रको जोखिम भने कम छैन । बस दुरीमात्र थोरै हो ।
हेरौ यस्तै एक भिडियो ::

Leave a Reply

Your email address will not be published. Required fields are marked *