पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढ्यो

पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ। नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्ष (आव) २०७४/७५ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो आव २०७३/७४ मा भन्दा ४७ अर्ब रुपैयाँले बढेको छ। वर्षेनी पेट्रोलियम पदार्थको माग बढ्दै जाँदा निगमलाई त्यसको आपूर्तिमा समेत समस्या देखिन थालेको छ। निगमका अनुसार हाल पेट्रोलको भण्डारण क्षमता ५ दिनलाईं मात्रै धान्ने अवस्था छ। निगमका अनुसार गत आवमा २२ लाख ९७ हजार किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोलियम आयात भएको थियो। अघिल्लो आवमा यस्तो आयात २२ लाख २५ हजार किलोलिटर थियो। एक वर्षकै अन्तरमा पेट्रोलियम आयात ७२ हजार किलोलिटरले बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *