आज उपत्यकासहित देशभर पानी पर्ने सम्भावना

आज उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले विहीबार तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ । दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *