हस्पिटलले अब कराँते खेलाडीको उपचारमा छुट दिने, कति पाउलान त छुट ? हेर्नुहोस

कलिउडहंगामा डटइन्फो :
प्रदेश २ का सितोरियो कराँते खेलाडीको उपचारमा विरगंजको भवानी हस्पीटल एण्ड रिसर्च सेन्टर र नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश २ बीच खेलाडी तथा प्रशिक्षकको उपचारमा सहयोग गर्ने सहमती भएको छ । प्रदेश नं २ का कराँते खेलाडीको उपचारमा अस्पतालले २५ प्रतिशत छुटका साथै प्रयोगशाला र औषधीमा समेत छुट दिने शर्तसहित शुक्रबार सहमती पत्रमा हस्ताक्षर भएको हो । नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश नं २ का संयोजक सुरेन्द्र श्रेष्ठ र हस्पिटलका प्रबन्धक रामकुमार श्रेष्ठले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश २ को बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका कराँते खेलाडीलाई आगामी दिनमा स्वास्थ्य उपचारमा केही राहत उपल्व्ध गराउने निर्णय गरेको अस्पतालका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले बताए । चार जिल्लाका खेलाडीलाई विरगंजमा उपचार गर्न सहज हुने भएको र बाँकी ४ जिल्लाका खेलाडीलाई समेत उपचारमा छुट गर्ने अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *