नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ए डिभिजन लिगमा च्यासलबाट खेल्ने

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ए डिभिजन लिगमा च्यासलबाट खेल्ने भएका छन । लिग सुरु हुन दुई दिनअघि विहिबार राति २१ वर्षीय विमललाई च्यासलले अनुबन्ध गरेको हो । विमल र क्लबसँग आधिकारीक रुपमा सम्झौता भएपछि एन्फामा भने उनको नाम आजमात्र दर्ता गराइने भएको छ । हाल बंगबन्धु गोल्डकपको तयारीमा रहेका विमलले गएको सिजन मोफसलमा भएका विभिन्न प्रतियोगितमा थ्रीस्टारबाट खेले पनि लिगका लागि भने क्लबले अनुबन्ध गरेन । जसका कारण विमललाई कसले लिन्छ भनेर ठूलो अडकलबाजी भएको थियो । यसै क्रममा उनलाई त्रिभुवन आर्मी र च्यासलले चासो देखाइरहेका थिए । तर अन्तिममा उनी च्यासल जाने निर्णय गरेका हुन् । तर उनी कति रकममा अनुबन्ध भए भन्ने कुरा खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *