प्रदेश र स्थानीय तहको कर नीतिमा एकरूपता हुनुपर्ने प्रदेश १ का सांसदको माग

प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयकमाथिको सैद्धाान्तिक छलफल बुधबार सम्पन्न भएको छ। विधेयकमाथि दुई दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरूले प्रदेश र स्थानीय तहको कर नीतिमा एकरूपता हुनुपर्ने माग गरेका छन्। साथै उक्त विधेयकलाई थप छलफलका लागि विषयगत समितिमा पठाउनसमेत सांसदहरूले सुझाव दिएका छन्।

विधेयक उपरको आजको छलफलमा बोल्दै संघीय समाजवादी फोरमका सांसद जयराम यादवले करमा एकरूपता ल्याउँदै करलाई करले हैन रहरले कर तिर्ने वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरे। सांसद यादवले करवृद्धि गरेर जनतालाई मारमा पारेको भनेर प्रतिपक्षिले धेरै हल्ला फिँजाए पनि कांग्रेसले नेतृत्व गरेको स्थानीय तह पनि करवृद्धिको आरोपबाट अछुतो रहन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *