यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा

यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । टोलीमा कमलसिंह ऐरी (उपकप्तान), रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन् । टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *