चर्च ब्वाइज युनाइटेड–काठमाडौं ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमीफाइनल प्रवेश

नेपाली फुटबल जगतमा नै चर्चा कमाएको चर्च ब्वाइज युनाइटेड–काठमाडौं ताप्लेजुङमा जारीे पाथीभरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार चर्च ब्वाईज युनाइटेड काठमाडौं र एम्ब्रियो युवा क्लब–मोरङबीच भएको खेलमा ३–२ गोल गर्दै चर्च ब्वाइज सेमीफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै पाथीभरा गोल्डकपको तेस्रो संस्करणको सेमीफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लागेको छ । बिहीबार फाइनलका लागि राष्ट्रिय जागृति क्लब सुनसरी र रेड स्टार क्लब झापाबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *